Fast Nepal News

संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री रामबहादुर थापा

banner single news

काठमाडौं, पुस १७ – ओली समूहका नेता रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपाले ललितपुर महानगरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद् विघटन गरेको बताएका हुन् ।

गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद् विघटन गरेको बताएका छन् । सरकारले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सकरारले अग्रगामी कदम चालेको बताए ।

उनले भने, ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो कि असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो कि अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’

Inside Article Ads

संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनर्स्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एकढिक्का गरेर जवाफ दिनु पर्ने पनि नेता थापाले बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलन गरिरहेको पनि बताए ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.