Fast Nepal News

१०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत

banner single news

भारतको बैङ्लोरमा भएको १०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक हात पारेको छ।

काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त गरेका हुन्। एकल प्याटनमा पाँचौं डानतर्फको प्रतिस्पर्धामा मंगोलियाका खेलाडीलाई पराजित गरेर राजमन्दिर स्वर्ण पदक जित्न सफल भएका छन्। त्यस्तै ९१ किलो तौलमाथिको प्रतिस्पर्धामा किशोरवरुणले भारतका खेलाडीलाई हराएर स्वर्ण हात पारेका हुन्।

चन्द्रबहादुरले ६३ देखि ७० किलो तौल समूहमा प्रतिस्पर्धा गरेर रजत जितेका हुन्। उनले ताजिकिस्तानका खेलाडीलाई हराएर रजत ल्याएका छन्। यही भदौ ४ देखि ९ गतेसम्म भएको प्रतियोगितामा नेपालबाट खेलाडी, अम्पायर र अफिसियल गरेर १५ जना सहभागी भएका थिए। जसमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरे।

प्रतिस्पर्धामा उत्रिएकामध्ये बाग्लुङकी सुस्मिता थापा, बाग्लुङकै सुन्दर ऐडी, काभ्रेपलाञ्चोकका रिक्सन वाईबा र सशस्त्र प्रहरी बल ९एपीएफ०की खेलाडी लीलाकुमारी चौधरी पदकविहीन बनेर फर्किएका छन्। प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की र महासंघका महासचिव घमबहादुर थापामगरले निर्णायकको जिम्मेवारीसमेत पाएका थिए।

Inside Article Ads

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्कीका अनुसार प्रतियोगितामा एसियाका २४ वटा मुलुकको सहभागिता रहेको थियो। जसमा ५ सय ४१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। कार्कीले आईटीएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक नेपालले २ वटा स्वर्ण प्राप्त गरेको बताएका छन्। यसअघि सातौं एसियाली प्रतियोगितामा १ वटा स्वर्ण मात्रै प्राप्त भएको उनको भनाइ छ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताबाट २ वटा स्वर्ण र १ रजत प्राप्त हुनु नेपालका लागि ठूलो उपलब्धि र सफलता हो। गौरवको विषय हो,’ कार्कीले भने, ‘पदक विजेता खेलाडीलाई सरकारले सम्मान गर्नुपर्छ। हौसला दिनुपर्छ।’ सरकारको सहयोगबाट मात्रै खेलकुदको प्रवर्द्धन हुने उनले बताएका छन्।

 

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.