Fast Nepal News

स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रालयको निर्देशन

banner single news

बिहिबार गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई उक्त सय मिटर घिसारेर लगेको घट्नाको छानविनगर्न गृहमन्त्री रमेश लेखकले कडा निर्देशन दिएका हुन् । दुर्घटनाबाट आफु दुःखित भएको भन्दै मन्त्री लेखकले घट्नामा कस्को गल्ती छ रु निश्पक्ष छानविन गर्न निर्देशन दिएका छन्।

बिहीबार दिउँसो दुई वजे भक्तपुरको गठ्ठाघरमा काठमाडौंतर्फबाट आइरहेको ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

Inside Article Ads

घटनापछि आक्रोशित स्थानीयले ढुंगा मुढा गर्दै ट्रकमा तोडफोड गरेका थिए । मूल सडक पाँच घण्टासम्म अवरुद्ध भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । ट्राफिकले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा भयानक दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध समेतस्थानीय जाई लागेका थिए ।

 

 

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.