Fast Nepal News

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

banner single news

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक डिएसपी भिमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाडस्थित आज बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो ।

Inside Article Ads

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको डिएसपी भट्टराईले बताएका छन् ।
बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । उकालोमा दुर्घटना भएको बस प्राविधिक कारणले दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.