Fast Nepal News

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट ट्रेड युनियनमा घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन

banner single news

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्।

उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई समाप्त गर्दै मजदूरहरुको संघर्षलाई नयाँ जनवादी क्रान्तिको ऐतिहासिक प्रक्रियाबाट पूरा गरेर अगाडि बढ्ने बेला भएकोले आफुहरूले सुरूवात गरेको बताएका छन्।

मजदुरहरुले हामीलाई दिएको म्यान्डेट अनुसार काम गर्न नसक्नेलाइ पटक(पटक नेतृत्व दिएपछि त्यस विरूद्धको लडाई लड्न समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए। उनले भने,यो लडाई हाम्रो निमित्त मात्र होइन यो हामी सबै शोषित तथा उत्पीडित मजदुरहरूको आवाज बोल्ने संघर्ष मय लडाई हो।

उनले भने,मजदूरहरु उत्पीडन र पीडामा परिरहेका छन्। नेतृत्व गर्ने मान्छे मजदुरहरूका आवाज बोल्न पर्नेमा बोल्न नसक्ने भएपछि त्यस्तो नेतृत्वलाइ मुर्ति जस्तो पुजा गरेर मान्न नसकिने अवस्था सृजना भएपछि नयाँ विकल्प रोजन बाध्य भएको बताएका छन्।

Inside Article Ads

उनले भने अब हामी मजदूरलाई उत्पीडनबाट अन्त्य गर्न चाहान्छौं र त्यसको निम्ति संघर्ष गरेर मजदूरहरुका समस्या समाधान गर्दै अगाडि बढ्ने योजनाका साथ समानान्तर कमिटी गठन गरिएको बताए। र पार्टी भित्र धेरै पटक छलफल गर्दा पनि समस्याको समाधान नभएपछि बाध्य भएर यस्तो कदम चाल्नु परेको संयोजक घतानेले बताएका छन्।

त्यस्तै मजदुर महासंघको विवाद र एकता भेला सम्बन्धि पार्टी केन्द्रीय कार्यालयमा बुझाएको पत्रमाथि छलफलको सट्टा षड्यन्त्रपूर्वक कुपोन्डोलमा गरिएको एकपक्षीय गुटको भेलाप्रति असहमति रहेको बाएका छन्। आफुहरूले नेपालको मजदुर आन्दोलनका युगिन कार्यभार सम्पन्न गर्ने महान संकल्प सहित यसै भेला समानान्तर कमिटी गठन गरिएको र बैठकबाट ४७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको संयोजक घतानेले बताएका छन्।

Visited 57 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.