
अभिनेत्रि प्रियंका कार्कीले भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्राप्त गर्ने भएकि छन् ।
उनलाई उक्त अवार्डका लागि छनोट भएको कुरा फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर जानकारी गरेको छ । दादासाहेब फाल्के फिल्म अवार्डमा प्रियंकालाई बेस्ट एक्ट्रेस नेपाल अवार्डबाट सम्मानित गरिनेछ ।
प्रियंकालाई उनकि सासु आमा रविना देशराजा जोशिाले खुसि व्यक्र गर्दै सामाजिक सन्जालमा एउटा स्टाटस लेखेकी छिन् । उनी लेख्छिन् – ‘तिमी हाम्रो जीवनको र नेपाली फिल्मकी रानी हौ । तिमी यो गौरवपूर्ण अवार्डको लागि योग्य थियौ ।’
प्रियंकाले भारतको प्रतिष्ठित दादा साहेब फाल्के फिल्म अवार्ड प्राप्त गर्नु नेपाली चलचित्र क्षेत्रकै लागि गौरवको कुरा हो ।
