Fast Nepal News

नीलगंगा बचत तथा ऋण सहकारी संस्था लि. काे १५ अाै साधारणसभा सम्पन्न ।

banner single news

काठमाडौ पाैष २३
नीलगंगा बचत तथा ऋण सहकारी संस्थाकाे १५ औ साधारणसभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष सुरेश शर्मा ढकालकाे अध्यक्ष्ातामा सभा सम्पन्न भएको हाे ।

Inside Article Ads

कार्यक्रममा संस्थाका सल्लाहकार विष्णु हरि देवकोटा ,कमलहरि जी. सी,राजेन्द्र ढकाल र प्रमाेद पाण्डेको अातीत्थता रहेकोे थियाे । कार्यक्रममा दिवङ्गत सल्लाहकार सुमन थापाप्रती श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे । अध्यक्ष सुरेश शर्मा ढकालले संस्थाकाे निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियाे ,काेषाध्यक्ष अमृत जी.सीले लेखा प्रतिवेदन र लेखा सम्याेजक मित्र प्रसाद शर्मा पाैडेलले लेखा समितिको प्रतिवेदन पेश गर्दा वहुमतले सवै प्रतिवेदन पास गरिएको थियाे । उक्त सभाले नयाँ कार्य समितिको समेत निर्विरोध चयन गरेकाे जानकारी कार्यलय प्रमुख कृष्णहरि अर्यालले जानकारी दिनु भयाे । नयाँ कार्य समितिमा अध्यक्ष सुरेश शर्मा ढकाल ,उपाध्यक्ष शुक्र बहादुर बाेहाेरा,सचिव डा.काैशिला रिसाल,काेषाध्यक्ष अमृत जी. सी ,सदस्य भिमसेन थापा,डा. गणेश धमला र लक्ष्मी शर्मा चयन भएका छन् । साथै लेखा समितिमा मित्र प्रसाद शर्मा पाैडेलकाे सम्याेजकत्वमा तीन सदस्यीय समिति समेत चयन भएका छन् । संस्थाले एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने छात्रा अदिति पाैडेल र छात्र यजन अधिकारी लाई नगद सहित पुरस्कृत गरिएको थियाे भने संस्थालाई चुस्त र दुरुस्त वनाउन नयाँ कार्यसमितिले पहल गर्ने अध्यक्ष सुरेश शर्मा ढकालले प्रतिवद्धता व्यक्त गर्नु भएको थियाे ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.