
काठमाडौं, कात्तिक २१ – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नाै सय नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।त्यस्तै गएकाे २४ घण्टामा चार हजार पाँच सय जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५२ हजार नाै सय आठ पुगेको छ
अब नेपालमा ३४ हजार नाै सय पाँच जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
Visited 16 times, 1 visit(s) today
