Fast Nepal News

पीएनजीविरुद्ध नेपालको फिल्डिङ, देव डेब्यु गर्दै

banner single news

काठमाडौँ — ११ चैत्र २०७८

काठमाडौँ , नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा टस तिजेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । यी दुई टोली बीच दुई खेलको शृंखला हुनेछ । सन् २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु भूमिमा द्विपक्षीय शृंखला खेलिरहेको छ । नेपालले पीएनजीसँगको पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ ।

नेपालबाट देव खनालले ‘डेब्यु’ गरिरहेका छन् । नेपालबाट यू १९ एसिया कपमा कप्तानी गरिसकेका देवले कुशल भुर्तेलसँग ओपनिङमा ब्याटिङ गर्ने सम्भावना बढी रहेको छ । सन्दीप लामिछानेले घरेलु शृंखलामा पहिलो पटक कप्तानी गरिरहेका छन् । नेपालले पीएनजीसँग विक्रम सोब, सुशन भारी, गुलशन झा र सागर ढकाललाई खेलाएको छैन । पीएनजी र नेपाल दुवै यूएईमा क्रिकेट विश्वकप लिग २ को खेलहरु खेलेर काठमाडौं आएको हो ।

Inside Article Ads

नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले पराजित गरेको थियो भने मंगलबार भएको दोस्रो खेलमा ७ विकेटले पराजित गरेको थियो । पीएनजी २४ वर्षमा पहिलो पटक नेपाल आएर खेलिरहेको छ । सन् १९९८ मा एसीसी ट्रफीमा पीएनजी काठमाडौं आएर खेलेको थियो ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.