

१.
न्यायका मूर्ति
अम्मली भई
मागे रे सूर्ति !
२.
आकाशे पुल
बाटो काट्नेको
तल पो हूल !
✍️ ओम आचार्य
काठमाडौं
<><><><><>

१.
फेरेको फेर्यै
कठै जनता
हेरेको हेर्यै !
२.
नसुने डाँको
कसो नहोला
झिल्कोले राँको !
✍️ खगेन्द्र बस्याल
बुटवल
<><><><><>

१.
सके ढुकुटी
हेर्दै यो राष्ट्र
बन्यो सुकुटी !
२.
अचाक्ली गर्ने
लाेभकाे भाँडो
कहिले भर्ने ?
✍️ टंकप्रसाद पन्थ
पाल्पा
<><><><><>

१.
घराना छोरी
जिन्दगी बित्यो
नचिनी तोरी ।
२.
बलीको बोको
के राख्छस् धोको
काटिने बेला ।
✍️ हृदय लेकाली
भैरहवा
<><><><><>

१.
गरेर युद्ध
रुँदैछ मान्छे
हाँस्दैछ गिद्ध !
२.
काेराेना त्रास
छैन चेतना
च्यापुमा मास्क !
✍️ किशन पाैडेल
हेटाैँडा
(नियमित छेस्का प्रकाशनकाे क्रममा यसपटक हामीले “छेस्का साहित्य नेपाल”, केन्द्रीय समितिका पाँचजना सदस्यहरु ओम आचार्य, खगेन्द्र बस्याल, टंकप्रसाद पन्थ, हृदय लेकाली र किशन पाैडेलका छेस्काहरु पाठक समक्ष पस्केका छाैं)
