Fast Nepal News

शंखमूललाई कुजुको प्रायोजन

banner single news

काठमाडौँ — २० भाद्र २०७८

काठमाडौँ , कुजु नेपालले राष्ट्रिय फुटसल लिग खेल्ने शंखमूल फुटसल टोलीलाई लिगका लागि प्रायोजन गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने लिग असोजमा पोखरा रंगशालास्थित कभर्डहलमा हुनेछ । एन्फाले यसअघि जिल्ला हुँदै प्रदेशबाट राष्ट्रिय लिग खेल्न अन्तिम १० टोली छनोट गरिसकेको छ ।  सोही लिगका लागि शंखमूल फुटबल टोलीलाई कुजु नेपालले मुख्य प्रायोजकको रूपमा सम्झौता गरेको हो ।

कुजु नेपालका निर्देशक उमित श्रेष्ठ र शंखमूल फुटसलका निर्देशक नरेश अवालेले सम्झौतापत्रमा हस्ताक्षर गरे । कुजु नेपालका उमित श्रेष्ठले शंखमूलसँग जोडिन पाउँदा खुसी लागेको र फुटसललाई आफ्नो तर्फबाट सहयोग रहिरहने बताए । सम्झौताअनुसार कुजु नेपालले शंखमूललाई २ लाख नगद र जर्सीलगायत आवश्यक सामान उपलब्ध गराउने छ । शंखमूल फुटबल दुई पटकको राष्ट्रिय च्याम्पियन हो । क्लबले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रकाश परियारलाई दिएको छ ।१० टोली सहभागी हुने लिग असोज २–२२ सम्म पोखरामा हुँदै छ । विजेताले १० लाख रुपैयाँ जित्नेछ ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.