Fast Nepal News

सुनापाती गाउँपालिकामा नि:शुल्क स्वस्थ्य शिविर सम्पन 

banner single news

 

रामेछाप-सुनापाती गाउँपालिका स्थित रुपाकोटमा सुब्बा सिं फाउन्डेसन मेमोरियलको संयोजन एवम् काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्वस्थ्य शिविर गरिएको छ।औपचारिक रुपमा सुनापाती गाउँपालिकाका वडा अध्यक्षद्वय खडग घिसिङ र कान्छा लामाले सयुक्तरुपमा उक्त शिविरको उद्घाटन गरेका थिए ।

 

काठमाडौ मेडिकल कलेजकका चिकित्सक र स्वस्थकर्मीको ३२सदस्यीय टोलीले संचालल गरेको सो शिविरमा २७५जनाले स्वस्थ्य परिक्षण गरि लाभ लिएको आयोजकले जानकारी दिएका छन् ।

Inside Article Ads

वरिष्ठ चिकित्सकहरुबाट भएको परिक्षणमा हाडजोर्नी ,स्त्रीरोग ,सरुवा रोगहरुको पहिचान गर्न भिडियो एक्स रे उपकरणको सहायताको प्रयोग गरिएको थियो । शिविर माझ सामान्य रोगका बिरामीलाई औषधी वितरण गरेको आयोजकले जनाएको छ।

शिविरमा रोगको पहिचान भएको तर उपचार विधिमा कठिनाइ भएका बिरामीलाई थप उपचारका लागि काठमाडौ मेडिकल कलेजममा स्वास्थ्य सुविधा उपलब्ध गराईने सुब्बा सिं फाउन्डेसन मेमोरियलले जनाएको छ।

सुब्बा सिं फाउन्डेसन मेमोरियलका अध्यक्ष ज्ञान बहादुर तामाङका अनुसार स्वास्थ्य सेवाबाट बन्चित ग्रामिण भेगमा सहकार्य गर्न पाँउदा खुशी व्यक्त गरे ।आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा सघाउने योजना रहेको अध्यक्ष तामाङले बताए।

 

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.