
१९ पुष, काठमाडौँ सामुदायिक विद्यालयहरु जग्गाबिहीन हुँदा थप संकटमा परेका छ।तर काठमाडौँ महानगरपालिकाले भने जग्गाबिहीन सामुदायिक विद्यालयले जग्गाबिहीन हुँदा भोग्नुपरेको समस्याप्रति चासो दिन सकेको छैन।
काठमाडौं महानगरपालिकाभित्र ८९ सामुदायिक विद्यालय रहेका छन् । जहाँ ४४ हजार विद्यार्थी अध्ययन गर्छन् । तर महानगरभित्रका विद्यालयमध्ये ४० प्रतिशतको आफ्नो जमिन छैन । ती विद्यालय मन्दिर र गुठीका जग्गामा सञ्चालनमा छन् । आफ्नो जग्गा नहुँदा विद्यालयलाई कक्षा कोठा थप गर्नदेखि शौचालय निर्माण र खेल क्षेत्र विस्तारमा समस्या परेको छ । त्योभन्दा पनि गुठी र मन्दिरका कुनै कार्यक्रम हुँदा विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता छ । आफ्नो जग्गा नभएका विद्यालयका विषयमा महानगरसँग कुनै योजना छैन।
जग्गाबिहीन सामुदायिक विद्यालयको समस्या पहिचान गरी समयमै समस्या समाधान गर्ने विषयतर्फ काठमाडौँ महानगरपालिकाले ध्यान दिनु अति नै आवश्यक देखिन्छ।
