Fast Nepal News

त्रिविको ४६औँ दीक्षान्तका लागि आवेदन खुल्यो

banner single news

काठमाडौं, कार्तिक २१ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

पुसमा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रिप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ ।

आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ ।

Inside Article Ads

समारोहमा भाग लिनका लागि स्नातक तहले तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले चार हजार २०० र विद्यावारिधिले चार हजार ७०० शुल्क बुझाउनुपर्नेछ । तीमध्ये एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो ।

समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुईजना अभिभावक सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.