Fast Nepal News

आज २०७७ माघ २१ गते बुधवारकाे राशिफल

banner single news

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन पनि सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

बृष

Inside Article Ads

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाईभाई वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मीन

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.