
१ श्रावण,दोहा – लामो समयदेखी कतारमा व्यवसाय गर्दैआएका सामाजिक अभियन्ता विकास भुजेलले गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशनमा युवा संयोजकमा उम्मवारी दिने घोषणा गरेका छन् । उनले २०२३/२५ को कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् ।
‘प्रवासमा रहि नेपाली समाजले दिएको विभिन्न भुमिकालाई अवलम्बन गर्दै विशुद्ध सामाजिक उत्तरदायीत्व बहन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । मलाई माया गर्ने यहाँहरू सम्पूर्णको सल्लाह सुझाव र मार्गदर्शनलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशन मार्फत यूवा संयोजक मा उम्मेदवारी दिने घोषणा गरेको छु । मलाई विश्वास छ यहाँहरूको अथाह साथ र मायाले मेरो आंकाक्षारुपि यात्रा सफल रहने छ । अन्तमा यहाँहरुको भरपुर सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछु ।’ उनले सामाजिक संजाल मार्फत आफुले उम्मेदवारी दिने घोषणा गरेको बताएका हुन ।
