Fast Nepal News

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागु हुने

banner single news

१६ फागुन ,काठमाडौं-फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका रहेको छ।निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गते (बुधबार)देखि आचारसंहिता लागु हुने जनाएको छ।

आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा लागु हुने निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.