
१५ मंसिर,दोलखा-दोलखामा मंसिर ४ गते विवादका कारण आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भव्यताका साथ सम्पन्न भएको छ।आज बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा भएको निर्वाचनले सार्थकता पाएको छ।
दोलखा जिल्लामा छिटपुटका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा पौडेलले जानकारी दिनुभएको छ। सामान्य वादविवाद भएको एक ठाउँमा ढुंगाले हानेर गाडीको सिसा फुटेको र शान्तिपूर्ण तरिकाले मतदान सकिएको डिएसपी पौडेलको भनाई छ।
Visited 23 times, 1 visit(s) today
