
४ मंसिर,काठमाडौँ-विगतको निर्वाचनको तुलनामा मतदाताहरुको उत्साहजनक सहभागिता नरहेको निर्वाचन प्रर्यवेक्षकहरुले बताएका छन्। मतदानस्थल घुम्ने क्रममा कसैको पनि बाक्लो उपस्थिति मतदाता बाक्लो उपस्थिति नरहेको अवस्थामा देखिएको निर्वाचन पर्यवेक्षकहरूको भनाई छ। पूर्व प्रमुख निर्वाचन आयुक्तको टोली निर्वाचन पर्यवेक्षकको रुपमा विभिन्न मतदानस्थलको भम्रण गर्दा अंधिकाश मतदानस्थलमा मतदाताको न्यून सहभागी रहेको निर्वाचन प्रर्यवेक्षक सुशीला कार्कीले बताउनुभयो। निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न भएको समेत कार्कीको भनाई छ।
यसैगरी निर्वाचन आयोगले सोचेभन्दा कम मत खसेको जानकारी दिएको छ। निर्वाचन प्रर्यवेक्षकको भनाई र जानकारी अनुसार यस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।जुन निर्वाचन आयोगले सोचेको अनुपातमा कम भएको निर्वाचन आयोगले जनाएको छ।यसैगरी यस वर्षको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सोचे अनुरूप उत्साहजनक नभएको आम सर्वसाधारणले बताएका छन्।
Visited 18 times, 1 visit(s) today
