
३ मंसिर, काठमाडौँ भोलि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले देशभरका सञ्चारमाध्यमहरुलाई आह्वान गरेको गरेको छ।
काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचना प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ।
निर्वाचनको समयमा निर्वाचन बिथोल्न र निर्वाचनलाई नै असर पार्ने किसिमको समाचार पटक पटक प्रकाशित हुने भएकाले भाम्रक समाचार प्रसारण गर्ने गलत गतिविधि नगर्न/नगराउन प्रेस काउन्सिलले सबै मिडियालाई आग्रह गर्दै सचेत गराएको छ।
Visited 6 times, 1 visit(s) today
