
१ मंसिर, काठमाडौँ -आज देशभरका उम्मेदवारहरु जनताको घरदैलोमा व्यस्त भएका छन्।आज राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले निर्वाचन प्रचारप्रसारको अन्तिम कसरतमा उम्मेदवारहरु जुटेका छन्। यसैगरी काठमाडौँ क्षेत्रमा उम्मेदवारी दिएका अंधिकाश राजनीतिक दलबाट उम्मेदवारी दिएका, स्वतन्त्र उम्मेदवार लगायतका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार आज अन्तिम चुनावी प्रचारप्रसारको कसरतमा जुटेका छन्। कार्तिक १७ गतेदेखि सुरु भएको चुनावी प्रचारप्रसार आज राती १२ बजेबाट सकिँदैछ।मौन अवधि लगत्तै निर्वाचनको दिन दलहरु चुनावी प्रचारप्रसारबाट विश्राम लिदै निर्वाचनको दिनको प्रतिक्षामा रहनेछन्।
Visited 15 times, 1 visit(s) today
