
२९ कार्तिक,काठमाडौँ-निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ। मतदाता निर्वाचनमा सक्षम उम्मेदवारलाई चयन गर्ने प्रतिक्षाको घडी अब समाप्त हुने चरणमा पुगेको छ। निर्वाचन प्रचारप्रसार कार्यक्रम देशभर उल्लासमय ढंगले भईरहेको छ।


उम्मेदवारहरु जनताको अमूल्य मतको अपेक्षा गर्दै घरदैलोमा जनतासँगको भेटघाटमा व्यस्त भएका छन्। यसैगरी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुनु ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसार गर्न नपाउने राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।यदि अटेरी गरेर निर्वाचन प्रचारप्रसार गरेमा कारबाही हुने निर्वाचन आयोगको भनाई छ।
Visited 17 times, 1 visit(s) today
