Fast Nepal News

नेपाल सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने

banner single news
२९ कार्तिक, ललितपुर-मंसिर ४ गते हुन लागिरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल सरकार गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मतदानस्थल रहेको शैक्षिक संस्था र कार्यालयहरुमा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने पनि नेपाल सरकारले सूचना जारी गर्दै आज सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको छ।
यसैगरी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन देशभर उल्लासमय हुने भएको छ। देशमा असल र सक्षम नेतृत्व चयनका लागि मतदाताहरुले मंसिर ४ गतेको निर्वाचनको लागि प्रतीक्षामा रहेका छन्। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुन भने अब केही दिन बाँकी छ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.