
२८ कार्तिक,लमजुङ,राईनास नगरपालिका -निर्वाचन नजिकिँदै गर्दा लोकतान्त्रिक गठबन्धनका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एक चुनावी कार्यक्रममा सम्बोधन गर्नुभएको छ। चुनावी कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले कुनै पनि चुनावी गठबन्धन नहुने बताउनुभएको छ। वाम आन्दोलनलाई मजबुत बनाउन नेकपा एमालेसँग पार्टी एकता गरेपनि ओलीको दम्भ र स्वार्थको पराकाष्ठाका कारण बाम एकता असम्भव भएको समेत उहाँको धारणा छ।

पार्टी एकता गरेपनि केपी ओलीले संसद विघटन जस्तो काम गरी मुलुकमा एकलौटी शासन लादन खोजेको र पुरा कार्यकाल सरकार चलाउन नसकेको समेत उहाँको धारणा छ। संविधान र लोकतन्त्रको रक्षाको लागि निर्माण भएको नेपाली कांग्रेस सहितको वाम गठबन्धन पछिसम्म कायम रहने समेत उहाँले बताउनुदै बाम एकता हुन्छ भन्ने भम्रमा नपर्न सबैलाई आग्रह गर्नुभएको छ।
Visited 18 times, 1 visit(s) today
