Fast Nepal News

सत्तारुढ दलका उम्मेदवारलाई अमूल्य मतका साथ विजयी गराउन नेकपा माओवादीका केन्द्रका अध्यक्ष दाहालको अाग्रह

लमजुङमा भएको चुनावी सभालाई सम्बोधन गर्नुहुदै आर्थिक विकास र समृद्धिको लागि सत्तारुढ गठबन्धनका दलहरुलाई अत्यधिक बहुमतले विजय गराउन समेत लमजुङका मतदातालाई आग्रह गर्नुभएको छ।

banner single news
२८ कार्तिक,राईनास लमजुङ-सत्ता गठबन्धनले देशव्यापी रूपमा चुनावी सभा गर्दै आईरहेको छ। आज सत्ता गठबन्धनले देशव्यापी चुनावी कार्यक्रमको सिलसिलामा लमजुङमा भव्यताका साथ लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सफल पार्नसमेत सफल भएको छ। लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रहनुभएका नेकपा माओवादीका देवप्रसाद गुरुङ,लमजुङ क्षेत्र नंम्बर ‘क’ को प्रदेशसभा सदस्यको उम्मेदवार डां-टंकराज गुरुङ, लमजुङ क्षेत्र नंम्बर ‘ख’ का भेषबहादुर पौडेललाई जनताको अमूल्य मतको अपेक्षा गर्दै लोकतान्त्रिक गठबन्धनले लमजुङ जिल्लामा चुनावी सभा गरेको हो।
आज लमजुङमा भएको चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नुभएको छ। चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आर्थिक विकास र समृद्धिको लागि सत्तारुढ गठबन्धनका दलहरुलाई अत्यधिक बहुमतले विजय गराउन समेत लमजुङका मतदातालाई आग्रह गर्नुभएको छ।

 

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.