Fast Nepal News

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा मतदातामा उत्साहको कमी

banner single news

 

२४ कार्तिक, काठमाडौँ -मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै जनताको माझ घरदैलोमा पुगिरहेको छ।तर मतदाता भने दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारप्रति भने त्यति सन्तोषजनक छैन।

बढ्दो बेरोजगारी, समाजमा नागरिक माथि भएको चरम अन्याय, भष्टाचार, सामाजिक अपराधबाट ग्रसित भएका नागरिकहरुले अहिले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि देशमा सुशासन, शान्ति, राजनीतिक स्थायित्व कायम नभएको भन्दै दलको उम्मेदवारलाई पश्न उठाईरहेका छन्। यसैगरी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएको उम्मेदवारको संख्या ह्वात्तै बढेपछि धेरै स्वतन्त्र उम्मेदवारले एक अर्काको खुट्टा तानिरहेको आरोप समेत लगाएका छन्।

चरम बेरोजगारीका कारण निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट वैदेशिक रोजगारमा जानेको संख्यामा भने कमी आएको छैन। नागरिकलाई दुई छाक टार्न पनि धौंधौं छ। त्यसैले निर्वाचन नजिकिँदै गर्दा पनि निर्वाचनको बेवास्ता गरी जागरूक युवाहरु विदेश गइरहेका छन्।

Inside Article Ads

यसैगरी वैदेशिक रोजगार विभागको अघि लाईनमा उभिएर पार्सपोट लिन जाने युवाको संख्यामा भने कमी छैन। यसैगरी मजदुरहरु दुई छाक टार्नको लागि श्रमिक मजदूरी गरिरहेका छन्। श्रमिकहरुको हकहितको वकालत गरेको व्यक्तिहरुले श्रमिकको मागलाई नै सम्बोधन गरेका छैनन्। जसको कारण निर्वाचन भनेको भोट दिएर जनप्रतिनिधि जिताउने माध्यम मात्र हो भन्ने मतदाताको मानसिकता छ। हामीले निर्वाचन जिताएर मात्र पठाउने जुन दल नेतृत्वको सरकारले केही विकास नगर्ने मानसिकता बोकेका देशभरका मतदातामा आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कुनै उत्साह देखिएको नै छैन।

शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्न नसक्ने नेताहरुले अब के नै गर्न सक्छ भन्ने विषयमा धेरै मतदाताहरुले उम्मेदवारलाई पश्न गरेको छ। स्वतन्त्र उम्मेदवार पनि पार्टीको उम्मेदवार नै हुन् कि भन्ने विषयमा धेरै मतदाताहरुले पश्न उठाएका छन्।

निर्वाचन आचारसंहिता पालना गर्दै विभिन्न दलहरुले तामझामका सहित अंधिकाश स्थानमा निर्वाचन प्रचार प्रसार गरेका छैन्। राजनीतिक दल र स्वतन्त्र उम्मेदवार बिचको प्रतिस्पर्धा र आम मतदाताको चरम निराशाले यो मंसिर ४ गते हुने निर्वाचन त्यति उत्साहजनक भने देखिदैन।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.