Fast Nepal News

चुनावी वाचाहरुलाई वास्तविकतामा बदल्नेछौं गणेश पराजुली

banner single news

चुनावी वाचाहरुलाई वास्तविकतामा बदल्नेछौ

वेथितिको अन्त्य गरी सही प्रणाली बसाउन सकेमात्र मुलुकमा सुशासन कायम हुने र यसबाट नै समृद्धिको यात्रा तयार हुने पराजुलीको धारणा छ । अहिले सम्मका सबैजसो राजनीतिक दलहरुले तयार पार्ने घोषणापत्रका बुँदाहरुमा सुशासन र समृद्धिका योजना समेटिएपनि त्यसलाई सही अर्थमा वास्तविकताका बदल्ने शाहस कसैबाट हुन नसकेको स्थिति रहँदै आएको छ । यस प्रणालीलाई चिर्नको लागि नै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको उनी बताउँछन् ।

युवा जनशक्तिमा विशेष जोड

मुलुक बनाउने भनेको युवाहरुले हो । सोहीकारण सम्भावना बोकेको युवाहरुलाई नेपालमा नै कसरी अवसरको सृजना गर्न सकिन्छ भन्ने मान्यता सहित युवाहरुका योजनामा आफू केन्द्रित रहने पराजुली बताउँछन् । नेपाली युवाहरुका मुद्धाहरुलाई पहिलेबाट नै नजिकबाट महसुस गरेका पराजुलीले युवाका एजेण्डालाई विशेष महत्व सहित अघी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अहिले नेपालमा युवाहरुको सङ्ख्या अधिक रहेको अवस्था छ । यो स्थिति मुलुकको समृद्धिको लागि सुनौलो अवसर हो । अवस्था सधैं एउटै रहँदैन । आगामी २५–३० बर्ष पछाडि नेपालमा युवाहरुको भन्दा प्रौढ र वृद्धवृद्धाहरुको बाहुल्यता हुनेछ । त्यो समयमा मुलुकको राष्ट्रिय आर्थिक भार अत्यन्तै बढेर जानेछ । यसैकारण अहिले नै नेपालका युवाहरुलाई समृद्ध राष्ट्र निर्माणको लागि कसरी खटाउने भन्नेमा मुलुकका राजनीतिक दलहरु अत्यन्तै गम्भीर बन्नुपर्ने जरुरी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सम्म सबै राजनीतिक दलहरुले पूर्वाधार विकासलाई मात्रै समृद्धिको आधारको रुपमा मान्दै आएकोमा अब युवाहरुमा गरिने शिक्षा, स्वास्थ्य र जीवनशैलीको गुणस्तरीयता अभिवृद्धि सहितका कार्यक्रमलाई सँगसँगै अघी बढाए मात्र हाम्रो सपना साकार हुने कुरालाई विशेष जोड दिएको पराजुलीको ठहर छ ।

Inside Article Ads

यसैकारण युवाहरुलाई आवश्यकता अनुसारका विभिन्न तालिम एवं सीप प्रदान गरेर क्षमता विकास एवं उत्पादन केन्द्रित गराई आत्मनिर्भरता सहितको समृद्ध मुलुक निर्माण गर्न तर्फ केन्द्रित गर्नुपर्नेमा समेत पराजुलीले जोड दिएका छन् । अहिले थुप्रै नेपाली जनशक्तिले विभिन्न बाह्य मुलुकहरुमा पुगेर उत्कृष्ट प्रदर्शनी गरिरहेको अवस्थामा आगामी दिनमा ती क्षमतावान् जनशक्तिलाई नेपालमा भित्र्याएर काममा लगाउन सक्ने गरी नीतिगत आधार तयार पार्ने कार्यमा समेत आफूहरुको महत्वपूर्ण भूमिका रहने पराजुलीको धारणा छ ।

अन्त्यमा,

सही अर्थमा समृद्धि सपना साकार पार्नको लागि नयाँ योजना र अवधारणलाई भित्र्याउनुपर्ने र कतिपय परम्परागत मान्यतालाई तोड्दै समय र परिस्थिति बमोजिम वर्तमान एवं भविष्यलाई सोचेर अघी बढ्नुपर्ने आवश्यकता औंल्याएका पराजुली भविष्य समृद्ध भएको देख्ने चाहने मतदाताहरुलाई घण्टी चुनाव चिन्हमा मतदान गरी आफ्नो सपना साकार पार्न आग्रह गर्दछन् । साथै नेपाली जनताहरुले सकारात्मक परिवर्तनको लागि अहिलेका राजनीतिक दलको विकल्प समेत खोजिरहेको स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी उपयुक्त विकल्प हुनेमा सबैलाई आग्रह गर्दछन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.