
२२ कार्तिक, काठमाडौँ -मंसिर ४ गते हुन गईरहेको निर्बाचन बिथोल्न सक्रिय भएको विप्लव नेतृत्वको नेकपा लाई निर्वाचन नबिथोल्न सरकारले आग्रह गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदातालाई आंतकित गर्ने कामले सकरात्मक परिणाम ननिम्त्याउने भन्दै नेपाल सरकारको गृहमन्त्री बालकृष्ण खाँडले विप्लव नेतृत्वको शीर्ष नेताहरुसँग भेटघाट गर्नुभएको हो।
सरकारले बिप्लब नेतृत्वको नेकपाको माग सम्बोधन गर्ने गृहमन्त्री खाणले बताउँदै यस विषम परिस्थितिमा निर्वाचन बिथोल्न नहुने धारणा राख्नुभयो।यदि बिप्लब नेतृत्वको नेकपाले मतदातालाई आंतकित गर्नेगरी निर्वाचन बिथोल्न खोजेमा सरकारले आफ्नो क्षेत्रबाट कडा कदम चाल्ने समेत उहाँको भनाई छ।

Visited 15 times, 1 visit(s) today
