Fast Nepal News

यो निर्वाचनबाट डडेल्धुराको जनताले शेरबहादुर देउवालाई ससम्मान बिदाई गर्छन्- कर्णबहादुर मल्ल

banner single news

२२ कार्तिक, काठमाडौ-आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुरा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस बिपी का उपसभापति कर्णबहादुर मल्लले उम्मेदवारी दिनुभएको छ। हाल प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाको क्षेत्रबाट उम्मेदवारी दिनुभएको उहाँले आउदो निर्वाचनमा आफूले बहुमतको साथ विजय हासिल गर्ने धारणा व्यक्त गर्नुभएको छ।

आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्दै मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरा क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा आफ्नो जित सुनिश्चित रहेको समेत उहाँको दाबी छ। आगामी निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावमा पराजित हुने धारणा व्यक्त गर्नुहुदै उहाँले विगतमा देउवाले आफ्नो क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्र यस निर्वाचनमा आफ्नो स्वविवेकले सक्षम र सबल नेतृत्व चयन गर्ने कार्यमा जनतामा कुनै दुबिधा नरहेको समेत उहाँले बताउनुभयो। यसैगरी यस निर्वाचनमा जनताले सक्षम र सबल नेतृत्वलाई भोट दिएर देउवालाई स-सम्मान बिदाई गर्ने समेत उहाँले बताउनुभएको छ। यही आउदो निर्वाचनमा एमाले पार्टीले समर्थन गरेको कर्णबहादुर मल्लले आफ्नो विजय निश्चित हुने बताएका छन्।

Inside Article Ads

डडेल्धुरा क्षेत्रबाट युवा ईन्जिनियर सागर ढकालले आफू देशको कान्छा प्रधानमन्त्री हुन्छु भन्दै आफ्नो धारणा राखिरहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनको कारण आफूले निर्वाचनमा जित्छु भन्नेमा निर्धक्क छन्। यससँगै मंसिर ४ गते डडेल्धुरामा हुने निर्वाचन रोचकमय हुने भएको छ।बलियो उम्मेदवारहरुको आ आफ्नो अडान र प्रतिबद्धताका साथ अघि बढिरहेको कारण डडेल्धुरा क्षेत्रतर्फ देशको सबै व्यक्तिहरुको ध्यान आकर्षित भएको छ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.