Fast Nepal News

उम्मेदवार रिजाललाई स्पष्टीकरण

banner single news

निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको सम्बन्धमा सपष्टीकरण सोधेको छ । आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयमा रिजालले कार्कीलाई धम्की दिएको विषयमा आयोगमा लिखित उजुरी आएको थियो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन । ऐनको सोही दफाको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ । सो दफाको खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ ।

Inside Article Ads

“तपाईंले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) विपरीतको कार्य गरेको हो, होइन ? त्यस्तो कार्य गरेको हो भने तपाईंविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनु पर्ने हो ?” आयोगको स्पष्टीकरणमा भनिएको छ, “यदि तपाईंले निर्वाचनको काममा खटिएको कर्मचारीविरुद्ध हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) र (ण) विपरीतका कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा वा जिल्ला निर्वाचन कार्यालय पर्सामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश भनिएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.