Fast Nepal News

पढाइसँगै सामाजिक गतिविधिमा पनि सक्रिय बन्दै मनास्लु कलेज

banner single news

 

काठमाडौं । काठमाडौंको चावहिल ७ चुच्चेपार्टीमा रहेको मनास्लु वल्र्ड कलेजले अरु कलेजभन्दा फरक विशेषता बोकेको छ । कलेजमा आउने जोसुकै विद्यार्थी पनि यहाँको वातावरण, विशेषता र उच्च प्रकारको गुणस्तरीय शिक्षाबाट लोभिने गरेका छन् ।

कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठले विद्यार्थीको अध्ययनका लागि उपयुक्त वातावरण भएको बताएका छन् । ‘यो कलेजले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ, पढाइका अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ’ उनले भने ‘हामीले अरु क्याम्पससँग प्रतिस्पर्धा गर्ने सोच बनाएका होइनौं, आफ्नै मिहनेत र लगनशीलताबाट क्याम्पसलाई यहाँसम्म ल्याएका छौं, उत्कृष्ट र गुणस्तरीय शिक्षा दिने हाम्रो लक्ष्य हो ।’ कलेज कोरोनाको सुरुवात भएको बेला स्थापना भएको हो ।B कोरोनाको त्रास बढेर के होला अब भन्ने नै अन्यौल भएको बेला कलेज स्थापना गर्नु आफैंमा चुनौती भएको श्रेष्ठ बताउँछन् । ‘त्यो बेला धेरै ठूलो रिक्स मोलेका हौं, संयोग भनौं वा हाम्रो भाग्य भनौं बिस्तारै अघि बढिरहेका छौं’ श्रेष्ठले भने ‘कोही पनि विद्यार्थी र अभिभावक यहाँ आएर बुझेपछि बाहिरको क्याम्पस रोज्नुहुन्न ।’ कलेजले कक्षा ११ मा सुरुमा भर्ना हुने १ सय जनालाई ५० प्रतिशत निःशुल्क सुविधा दिएको छ । प्रबन्ध निर्देशक श्रेष्ठले एस्इइको परीक्षाफल नआए पनि विद्यार्थीहरु काउन्सिलका लागि कलेजमा आउँदै गरेको स्पष्ट पारेका छन् । ‘हामी जे छ त्यो भन्छौं, नभएको कुरा गरेर विद्यार्थीलाई झुक्याउने हाम्रो चलन छैन’ श्रेष्ठ भन्छन् ।

यो वर्ष ११ कक्षामा भर्ना लिँदा तेश्रो वर्ष हुन्छ । सुरुकै वर्षमा सोचेअनुसार विद्यार्थी भर्ना भएकोमा कलेज झन् उत्साहित बनेको छ । पहिलो वर्ष नै ४ सय विद्यार्थी भर्ना भएका थिए । अहिले स्कुल र क्याम्पस गरी झण्डै २ हजार विद्यार्थी अध्ययनरत छन् । १० जोड दुईमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा र व्याचलरमा बीबीएस् पढाई भइरहेको छ । क्याम्पसले आगामी दिनमा बीएस्डब्लु, बीबीए, बीएच्एम् र एम्बीए पनि थप गर्ने योजना बनाएको छ । श्रेष्ठले केही समयमै यीसहित अरु पनि विषय थप गर्दै जाने जनाए । २०७६ सालमा मनास्लु टिम अफ इन्टरप्रिनरको स्थापना गरी त्यसैबाट सञ्चालित कलेजले उत्कृष्ट र कामको खोजीमा रहेका विद्यार्थीलाई रोजगारको व्यवस्थापन पनि गरिदिएको छ । कलेजले दिएको सुविधाका आधारमा स्वभाविक शुल्क भएको क्याम्पसले जनाएको छ ।

Inside Article Ads

कलेजका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रोजगारको अवसर पनि उपलब्ध गराइएको भन्दै थपे ‘विद्यार्थीले मेरो यो ज्ञान छ र म रोजगार गर्न चाहन्छु भनेको खण्डमा हामी समन्वय गरिदिन्छौंं ।’ अध्यक्ष लामाले धेरै विद्यार्थीले यसरी रोजगार पाउँदा उनीहरुमा पढाइप्रतिको आकर्षण थपिएको बताए । लामाले विद्यार्थी, अभिभावक तथा अन्य व्यक्तिको उपयुक्त सल्लाहका आधारमा क्याम्पस अघि बढेको बताए । लगभग १७ वर्षअघि स्थापित प्राक्सिस इन्टरनेशनलाई मनास्लुको टिमले लिएर मनास्लुकै नाममा सञ्चालन गरिरहेको छ । अध्ययनका साथै कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि उति नै ध्यान दिएको छ । राम्रो खेलाडी, गायक, नृत्यकारका साथै कुनै न कुनै विधामा सक्रिय विद्यार्थीलाई पनि विशेष प्रकारको सहुलियत दिएको छ कलेजले । मनास्लु टिमले केही समयमै सहकारी, ट्राभल, कन्सल्टेन्सीसँगै होमस्टे पनि सञ्चालन गर्ने तयारी गरेको छ । ‘हाम्रा धेरै लक्ष्य छन्, जे सोचेका छौं त्यो पूरा हुँदै गएको छ’ प्रबन्ध निर्देशक श्रेष्ठले भने ‘मनास्लुले समाजका हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउँछ ।’ प्रवेश परीक्षामा उत्कृष्ट हुने, एस्इईमा जिल्लामै उत्कृष्ट विद्यार्थीलाई पनि कलेजले सहुलियत दिएको छ ।

कलेजले विदेशका विश्वविद्यालयसँग पनि समन्वय गर्दै नयाँ कोर्ष ल्याउने योजना गरेको छ । विदेशी विश्वविद्यालयको सम्बन्धन लिएपछि नेपाल र विदेशी विश्वविद्यालयसँग सांस्कृतिक आदानप्रदान गर्ने तयारी छ । श्रेष्ठले निकट भविष्यमा पीएच्डी कोर्ष पनि पढाउने आन्तरिक गृहकार्य गरिरहेको बताएका छन् । चावहिलको केएल् टावरनजिकै रहेको कलेज हरेक प्रकारले उपयुक्त लोकेशनमा रहेको छ । प्रशस्तै मात्रामा पुस्तक र सुविधासम्पन्न लाइब्रेरी, साइन्स ल्याव कलेजको अर्को मुख्य विशेषता हो । अंग्रेजी माध्यममा पढाई हुने कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउँछन् । आर्थिक अभावका कारण कसैले पनि कलेजमा पढ्ने अवसरबाट वञ्चित हुनु नपरेको कलेजको भनाई छ ।

मनास्लु टिमले सामाजिक काममा पनि सक्रियता बढाएको छ । भूकम्प र बाढीपहिरोको बेला मनास्लु टिमले सम्बन्धित ठाउँमा गएर राहत वितरण गरेको थियो । ‘कोरोनाको समयमा पनि हामीले मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री वितरण ग¥यौं’ मनास्लु टिमका अध्यक्ष लामाले भने ‘हामी एकातिर शिक्षा दिएर विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउँछौं भनें अर्कोतिर सामाजिक काम गरेर आफ्नो धर्म निर्वाह गर्छौं ।’

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.