
२३ असोज, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले आवश्यक तयारी गरेर मात्र परिक्षा सञ्चालन गर्न माग गरेका छन ।
सामाजीक संजालमा लेख्दै सह-संयोजक तामाङले स्वास्थ्य सुरक्षा सम्बन्धी आवश्यक तयारी गरेर मात्र परिक्षा सञ्चालन गर्न माग गरेका हुन ।
“मनपरी शुल्क उठाउनेलाई कारबाही गरियाेस, साथै हचुवाकाे भरमा नभई स्वास्थ्य सुरक्षा सम्बन्धी आवश्यक तयारी गरेर मात्र सबै तहका परिक्षा सञ्चालनकाे वातावरण मिलाईयाेस ।” उनले लेखेका छन ।
सह-संयोजक तामाङले बजार भाउ बढेकाे, बिद्यालयहरुले मनपरी शुल्क असुलिरहेकाे भन्दै सरकारकाे ध्यान त्यता जानुपर्ने बताएका छन ।