Fast Nepal News
Banner Below header

मनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिने

banner single news

काठमाडौं । चावहिलको चुच्चेपाटीमा रहेको मनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

कलेजका प्रिन्सिपल राजन श्रेष्ठले सामुदायिक विद्यालयका १५ र संस्थागत विद्यालयका १५ गरी ३० जना योग्य र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने स्पष्ट पारेका छन् । गत वर्षबाट सञ्चालित यो कलेजमा विज्ञानबाहेक व्यवस्थापन, मानविकी र कानुन संकायमा पनि भर्ना खुलेको छ । विज्ञानका अतिरिक्त यी तीन संकायमा पनि कलेजले आंशिक छात्रवृत्ति दिने भएको छ । अत्याधुनिक विज्ञान प्रयोगशाला, दक्ष शिक्षक, प्रभावकारी सिकाई र सिकाइमैत्री वातावरण भएको यो कलेजले विज्ञान विषयलाई एउटा छुट्टै ब्राण्ड बनाउने योजना अघि सारिएको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।

Inside Article Ads

‘पढ्न रहर भएका योग्य र सक्षम कोही पनि विद्यार्थी पढाइबाट बञ्चित हुनु नपरोस् भनेर यस्तो प्रभावकारी योजना ल्याएका हौं ’ प्रिन्सिपल श्रेष्ठले भने‘गत वर्ष पनि विद्यार्थीको रोजाइमा हाम्रो कलेज परेको थियो, यसपालि यसलाई झन् व्यवस्थित बनाएका छौं ।’

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.