
मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-
बिगतका कर्मको उचित प्रतिफल पाइनेछ।महत्त्वपूर्ण अवसर गुम्न सक्ने भय छ । प्रेममा बाधा आइपर्नेछ। मन कमजोर रहनसक्छ आत्तिएर निर्णय नलिनुहोला ।
वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–
आँटेको काम बन्नेछ। अर्थ स्रोतहरू फेला पर्नेछन्।रमणीय र सुखद् यात्राको योग छ ।मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ ।
मिथुन राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )–
मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ।नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )–
आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला ।
सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ ।कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अन्नलाभ पनि हुने देखिन्छ ।स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ ।
तुला राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )–
राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ ।
वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) –
नयाँ कामको थालनी हुनेछ ।दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ ।
धनु राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )–
आज समय मध्यम खालको छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछ।
मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-
आज पुरानो समस्या सुल्झाउन सकिनेछ । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । दैनिकीमा परिवर्तन आउन सक्छ ।
कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )–
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ।
मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )–
घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।