Fast Nepal News

आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने

banner single news

 

काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु÷ कुहिरो कायम रहनेछ ।

Inside Article Ads

कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज राती तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.