Fast Nepal News

यस्तो छ, आजको मौसम

banner single news

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा मौसम बदली रहने छ भने अन्य भू–भागमा पनि सामान्य प्रभाव रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थान र अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Inside Article Ads

आज राति भने कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भूभागमा मौसम बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि रहने छ ।

कोशी, मधेश प्रदेशका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

Visited 55 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.