Fast Nepal News

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसले टुंग्यायो १० उम्मेदवारको नाम

संस्थापन पक्षबाट ६ जना र संस्थापनइतरपक्षबाट ४ जना उम्मेदवार चयन भएका छन् ।

banner single news

२३ पुष,काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । संस्थापन पक्षबाट ६ जना र संस्थापनइतरपक्षबाट ४ जना उम्मेदवार चयन भएका छन् ।कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा झापा-३ बाट पराजित भएका थिए । त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । सिटौला र ढुंगाना दुवै संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।

वाग्मती प्रदेशमा अन्यतर्फ जीतजंग बस्नेत र महिलातर्फ विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने पुडासैना नेता कोइरालासँग निकट हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ किरणबाबु श्रेष्ठ र अल्संख्यक तथा अपांगता भएकातर्फ पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री छन् । श्रेष्ठ र परियार दुवै संस्थापन इतर पक्षका हुन् ।

लुम्बिनी प्रदेशमा महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी संस्थापन इतर पक्षकी नेता हुन् ।

कर्णालीमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा अन्यतर्फ बलदेव बोहरा र अपांगता तथा अल्पसंख्यकतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरु तीनै जना संस्थापन पक्षका नेता हुन् ।

Inside Article Ads

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्यरातमा सकिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

तर पार्टीको निर्णयमा महामन्त्री गगनकुमार थापाले फरक मत राखेका छन् ।केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन भएको भन्दै महामन्त्री थापाले लिखितरुपमै फरक मत राखेका थिए ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 58 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.