
१२ पुष,काठमाडौँ-माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७ जनालाई निर्वाचन अधिकृत तोकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ७ बमोजिम देहायका ७ जना माननीय जिल्ला न्यायाधीशहरूलाई आयोगबाट पुष १६ गतेदेखि लागू हुनेगरी प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउनुभयो।
नियुक्त निर्वाचन अधिकृतमा प्रदेश निर्वाचन अधिकृतको नाम कार्यरत निकाय कोशी प्रदेशबाट मोरङ जिल्ला अदालतका न्यायधीश दुर्गाप्रसाद ढुङ्गेल,मधेश प्रदेशबाट धनुषा जिल्ला अदालतका न्यायधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशबाट मकवानपुर जिल्ला अदालत महेन्द्रबहादुर कार्की,गण्डकी प्रदेशबाट कास्की जिल्ला अदालतका न्यायधीश केशवप्रसाद बास्तोला,लुम्बिनी प्रदेशबाट दाङ जिल्ला अदालतका न्यायधीश कृपासुर कार्की, कर्णाली प्रदेशबाट सुर्खेत जिल्ला अदालत विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम कैलाली जिल्ला अदालत ओमप्रसाद अर्यालको नाम चयन भएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।