
राजु भट्ट/समाचार लेखक
२४श्रावण,काठमाडौँ- एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि उपमहासचिव गणेश केसीले केही दिनमै एजेण्डा सहित औपचारिक रुपमा आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसी आँफै पनि सबल,सक्षम अनि अब्बल मानिन्छन्। विगत लामो समय देखी एनआरएनए अभियानमा सक्रिय केसी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय देखिन्छन् ।विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएको छ ।
सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता सुरु गरेका थिए। सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष बन्न उनी सफल भएका थिए । सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल भएको उनका शुभेच्छुकहरु बताउछन् ।
एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र हाल देखिदै आएको कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका केसी कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय रहेका छन् ।
