
२६ फागुन,काठमाडौँ-जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।
जनमत पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सप्तरीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका नेता बिपी साहले जानकारी दिए। झा जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज हुन्।
Visited 21 times, 1 visit(s) today
