
मंसिर १५,दोलखा- दोलखाका १० मतदान केन्द्रमा फेरि मतदान भएको छ। मतगणना गर्दा विवाद निम्तिएपछि आज फेरि दोलखामा पुर्न मतदान गराउने निर्णय राष्ट्रिय निर्वाचन आयोगले गरेको हो। दोलखामा हुने भनिएको मतदान आज बिहान बिहान ७ बजेदेखि सुरू भएको छ।
मतदान शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाई छ। निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो।
वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ।७ बजेदेखि सुरु भएको मतदान अहिलेसम्म जारी नै छ।
Visited 10 times, 1 visit(s) today
