Fast Nepal News

काठमाडौँ क्षेत्र नंम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गणेश पराजुलीको अग्रता कायमै

banner single news
५ मंसिर, काठमाडौँ -काठमाडौ क्षेत्र नंम्बर ७ को निर्वाचन रोचक देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गणेश पराजुली ३७५ मत ल्याएर अग्रस्थानमा छन्। यसैगरी नेकपा एमालेको श्याम कुमार घिमिरेले ३०६ मत ल्याएर गणेश पराजुलीलाई पछ्याउँदै छन्। यसैगरी लोकतान्त्रिक गठबन्धनको उम्मेदवार अस्मिता सिङ्ग (मानुषी यमी भट्टराई) २९३ मत प्राप्त गरेका छन्।
यससँगै स्वतन्त्र उम्मेदवार यादव लाल कायस्थ १४२ मत ल्याएका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका दुवै बिक्रम मल्लले ८४ मत ल्याएका छन्। यसैगरी जसपाका नेता राजेन्द्र प्रसाद श्रेष्ठले ६२मत प्राप्त गरेका छन्। नेकपा एमालेका पूर्व नेता तथा स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले ४१ मत ल्याएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठले १८ मत ल्याएका छन् भने अर्को स्वतन्त्र उम्मेदवार किरण केसीले ३२ मत प्राप्त गरेका छन्‌। यसैगरी अन्य स्वतन्त्र उम्मेदवारको भने न्यून मत रहेको छ‌। मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गणेश पराजुली अग्रस्थानमा नै रहनुभएको छ। ‌
Inside Article Ads
Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.