
४ मंसिर, काठमाडौँ -आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदैछ। देशमा सर्वसाधारणदेखि उच्च पदका व्यक्तिहरुले उत्साहका साथ मतदानस्थलमा मतदान गरिरहेका छन्। यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु र शीर्ष दलको नेताले पनि उत्साहका साथ मतदान गरिरहनुभएको छ।आज शीर्ष दलका नेताहरू र उम्मेदवारहरुको मतदानस्थलमा उत्साहपूर्ण सहभागिता रहेको छ।
राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले काठमाडाै उपत्यका खानेपानी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं.३ राष्ट्रिय स्वतन्त्र पाटीका उमेदवार दुर्गा बिक्रम थापा रहेका छन् । काठमाडौं उपत्यका खानेपानी मतदान केन्द्रमा ठिक ७ वजे मतदान गर्नुभएको हो।

नेपाली कांग्रेसका महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
नेकपा एमालेका नेता भीम रावलले अछाम जिल्ला चन्द्रोदय आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उम्मेदवारहरु लगायत आम सर्वसाधारणहरु मतदानस्थल पुग्ने क्रम अझै जारी नै छ। मतदान बिहान ७ बजेदेखि सुरु भएको छ भने दिउसो ५ बजे सकिनेछ।
Visited 10 times, 1 visit(s) today

