
२ मंसिर, काठमाडौँ-काठमाडौँ क्षेत्र नंम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलको कार्यकर्ता मौन अवधिमा पैसा बाड्दै हिडेपछि प्रहरीले पक्राउ गरेको छ। नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका क्षेत्र नंम्बर ५ का उम्मेदवार नेता, कार्यकताले पैसा बाड्दै गर्दा प्रहरीले नेकपा एमालेका नेता कार्यकर्तालाई पक्राउ गरेको हो।
काठमाडौँ क्षेत्र नं ५(ख) का उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगरपालिका वडा अध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदीप पौडेललाई बुढानिलकण्ठ नगरपालिका कर्मचारी बुद्धलक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राऊ गरेको छ।आज साँझ प्रहरीले पैसा बाड्दै गरेको एमाले नेता कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ।
Visited 16 times, 1 visit(s) today
