
२६ कार्तिक -काठमाडौँ,निर्वाचन आउन जम्मा ८ दिन मात्र बाँकी छ। उम्मेदवारहरुले नेपाली जनताको सामु आफ्नो प्रतिबद्धता जाहेर गर्दै जनताको घरदैलोमा पुगेका छन्। विभिन्न राजनीतिक दलले चुनावी सभा गरिरहेर जनतामा आफ्नो प्रभाव समेत जमाउन खोजिरहेका छन् ।
आज नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नंम्बर ४ क्षेत्रमा चुनावी सभा गरेको छ।चुनावी सभामा बोल्दै अर्थविद् अच्युत वाग्लेले अबको निर्वाचनपछि काठमाडौँ क्षेत्र नंम्बर ४ बाट गगन थापालाई जिताएर पठाएमा देशले नेतृत्व गर्न सक्षम र सबल युवा प्रधानमन्त्री पाउने समेत धारणा व्यक्त गर्नुभयो। काठमाडौँ क्षेत्र नंम्बर ४ का मतदाताले अमूल्य मत दिएर विजय गराउने कुरातर्फ आफू विश्वस्त रहेको समेत उहाँको भनाई छ।
