
२२ कार्तिक, काठमाडौँ मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तराई मधेश जनता पार्टीले बहिष्कार गर्ने घोषणा गरेको छ।
तराई मधेश जनता पार्टीले पार्टीले आज भैरहवामा पत्रकार सम्मेलन गर्दै विगतमा सरकार र पार्टीका बिच भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताएको छ।
यसैगरी अहिले विप्लव नेतृत्वको नेकपा लगायत विभिन्न साना राजनीतिक दलका शीर्ष नेताहरुले सरकार र पार्टीबिच भएको सम्झौता सरकारले कार्यान्वयन नगरेको हुनाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आइरहेका छन्।
