यात्रामा थिए रहरहरू
सँगै थियो साइत
अगाडि थियो गन्तव्य
रोकिएको थिएन गति
मात्र मन्द थियो ।
आशक्त थियो जो
ढिकमाथिबाट फुत्त फुङ्गाल्यो
मुटुले साथ छोड्यो
मृत्यु देखिएन
वारिपारीका देख्नेले
पहिरो खसेको देखे
भित्र पसेको देखे।
भित्र सपनाहरू थिए
झ्याप्प रात पर्यो
देखिन नपाई अस्ताए
बाहिर जुन्किरी खोज्दै थियो ।
थुक्क!झ्याप्लेखोला
धिक्कार तेरो चोला
साक्षी बस्दिन भन्न पनि सकिनस्
तँ पनि कसूरदार होस्
एउटा कलङ्क
छातीमा झुन्डाइमागीस्
युगौँयुगसम्मको लागि।
यो अति भयो
कल्पनातीत खति भयो
रौरब /कुम्भिपाकको कल्पनाले
सबुद प्रमाण खोज्यो
कसुरबिनाको दण्ड विधान
नहुनु किन हुनु ?
अनुत्तरित छ क्षितिज
मौन छ आकाश
बोल्दैनन् पाखापखेराहरू
मात्र निशाचर खित्खिताउँछ।
~~~समाप्त~~~
मार्मिक रचना ????