Fast Nepal News

उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाँदै खतिवडा

banner single news

सुमित्रा भुजेल
पूर्व मिस नेपाल श्रृंखला खतिवडा उच्च शिक्षा अध्ययनका लागि अमेरिका जानु हुने भएको छ । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि छनोट भएसँगै अमेरिका अध्ययनका लागि जाने उहाँले बताउनुभयो ।
लमजुङ बेँसीशहर नगरपालिकामा आउनुभएका पूर्व मिस नेपाल खतिवडाले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, मैले जनवरीमा आवदन दिएको थिए, आफू छनौट भएको मंगलबार दिउसो थाह पाए । हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको भन्दै खुसी समेत ब्यक्त गर्नुभयो । इन्जिनियरिङ विषयकी विद्यार्थी रहनुभएको खतिवडाले उक्त विद्यालयमा सहरी योजना विषयमा अध्ययन गर्ने उहाँको भनाई छ । उक्त विषयमा अध्ययनका लागि आगामी सेम्टेम्बरमा जाने उहाँले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गर्नुभएको थियो । उहाँ छनौट भएको जानकारी पाएपछि बेँसीशहर बजारका विभिन्न ब्यक्ति तथा स्थानीयहरुले उहाँलाई भेटेरै बदाई दिएको थियो । त्यस्तै उहाँले सबैलाई धन्यावाद दिनुभयो । पूर्व मिस नेपाल लमजुङ बेँसीशहर नगरपालिका वडा नं. ९ पाखाथोकमा निर्माण हुन लागेको मानवसेवा आश्रम भवनको अध्ययनको शिलशिलामा यहाँ आइपुग्नु भएको थियो ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.