Fast Nepal News

एमबिबिएस प्रवेश परिक्षामा पौडेल प्रथम

banner single news

काठमाडौँ, २४ चैत । चिकित्सा शिक्षा आयोगले लिएको एमविविएस प्रवेश परिक्षामा स्याङ्जाका सुजल पौडेल प्रथम हुनुभएको छ ।

आयोगले यहि चैत १८ मा लिएको स्नातक तहअन्तर्गत एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायत विषयको प्रवेश परिक्षाको आज प्रकाशित नतिजामा पौडेलले १८०.७५ अङ्क ल्याई प्रथम हुनुभएको हो ।

उहाँले कुल २०० पूर्णाङ्कको परिक्षामा १८०.७५ अङ्क प्राप्त गर्नुभएको हो । उक्त परिक्षामा देशभरबाट १७ हजार ४६७ विद्यार्थी सहभागी भएका थिए ।

प्रवेश परिक्षामा प्रथम भएका पौडेलले भाईब्रेन्ट एमबिबिएस सेन्टर पुतलीसडकबाट इन्ट्रान्स तयारी कक्षा अध्ययन गर्नुभएको थियो । यस्तै, उक्त सेन्टरमा अध्ययनरत निशान्त न्यौपाने दोस्रो हुनुभएको छ । न्यौपानेले १८० अङ्क प्राप्त गर्नुभएको छ ।

Inside Article Ads

एमबिबिएस प्रवेश परिक्षामा प्रथम र दोस्रो भएसँगै पौडेल र न्यौपानेलाई आज भ्राईबेन्ट एमबिबिएस सेन्टरले सम्मान गरेको छ । सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक लिलाबल्लभ दाहालले चिकित्सा शिक्षा आयोगले समयमै एमबिबिएस, बिडिएस, विएसी नर्सिङलगायतका विषयको प्रवेश परिक्षा गरी समयमा नतिजा प्रकाशित गरी मेडिकल शिक्षा देश तथा विदेशमा पढ्ने वातावरण सृजना भएको बताउनुभयो ।

उक्त सेन्टरले विगत १३ वर्षदेखि विद्यार्थीलाई मेडिकल तयारी कक्षा सञ्चालन गर्दै आएको छ । हालसम्म उक्त सेन्टरमा १५ हजारभन्दा बढी विद्यार्थीले तयारी कक्षा लिइसकेका छन् ।

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.