
५ मंसिर, काठमाडौँ -काठमाडौँ क्षेत्र नंम्बर ४ मा मतगणना जारी नै छ। मतगणनाको परिणाम अनुरुप हालसम्म नेपाली कांग्रेसका महामन्त्री गगन थापा ६९७५ मत ल्याएर अघि बढिरहनुभएको छ। उहाँलाई नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ५४२७ मत प्राप्त गर्दै पछयाईरहनुभएको छ।
यसैगरी राप्रपाको उम्मेदवार डां-ठाकुर मोहन श्रेष्ठले ७९४ मत स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाद ४८७ र अर्चना शमसेर राणाले २७८ मत प्राप्त गरी गगन थापालाई पछयाईरहनुभएको छ। अन्य उम्मेदवारको तुलनामा गगन थापा धेरै मतले अघि हुँदा चुनाव जित्ने नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले चुनाव जित्ने आंकलन गरिएको छ।
Visited 16 times, 1 visit(s) today
